प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

पोखरीमा डुबेर बालकको मृत्यु

By खबरहब

October 16, 2022

तानसेन– तानसेन नगरपालिका-२, नारायणस्थानको पोखरीमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर ज्यान गएको छ । आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन-६ टुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।

पोखरीमा डुबेका पराजुलीलाई अस्थायी प्रहरी बिट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी युनाइटेड मिसन अस्पताल पुर्‍याइएको मिसन अस्पतालका चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।