राजनीति

संविधानको रक्षाका लागि गठबन्धन आवश्यक छ : मन्त्री कार्की

By खबरहब

October 16, 2022

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षा र कानुनी राज्य स्थापनाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आज आयोजित कार्यक्रममा उनले जनभावनाको कदर गरेर मलुकमा कानुनी राज्य स्थापना गर्ने सत्ता गठबन्धनको मूल उद्देश्य रहेको बताए ।

मन्त्री कार्कीले राजनीतिक स्थिरता, सुशासन, संविधानको रक्षा गर्दै कानुनी राज्य स्थापनाका लागि सत्ता गठबन्धनको निर्माण गरिएको स्पष्ट पारे। सुनसरी क्षेत्र नम्वर ४ मा गुणस्तरीय शिक्षा, स्वाथ्य, सञ्चार र विद्युत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताका हरेक समस्या समाधान गरिने बताए।