अन्तर्राष्ट्रिय

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका दुई नेताको हत्या

By खबरहब

October 16, 2022

कोक्स बजार – बङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरीले आइतबार जनाएको छ ।करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो ।

सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिङ्ग्या शरणार्थीलाई बङ्गलादेश विशाल शिविरमा आश्रय दिइरहेको छ । हालैका महिनाहरूमा अव्यवस्थित बस्तीहरूमा हिंसा बढेको छ, गिरोहहरूले लागूपदार्थ तस्करीमा नियन्त्रण कायम गर्ने, शरणार्थीहरूको नागरिक नेतृत्वलाई हत्या र अपहरणमार्फत् तर्साउने गरिरहेका छन् ।

प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिङ्ग्या शिविरका नेताको हत्या भएको पुष्टि गरे । “एक दर्जनभन्दा बढी रोहिङ्ग्या उपद्रवीहरूले क्याम्प १३ का प्रमुख ३८ वर्षीय मौलवी मोहम्मद युनुसको हत्या गरेका थिए। उनीहरुले अर्का माझी ३८ वर्षीय मोहम्मद अनवरको पनि हत्या गरेका छन् । युनुसको घटनास्थलमै र अमवारको अस्पतालमा मृत्यु भएको थियो।

‘माझी’ रोहिंग्या शिविरका नेताका लागि एउटा शब्द हो । शिविरमा सुरक्षाको जिम्मा पाएको इकाइका एक वरिष्ठ अधिकारीले म्यान्मारमा सेनासँग लडिरहेको विद्रोही समूह अराकान रोहिङ्ग्या साल्भेसन आर्मी (एआरएसए) लाई मारिएको आरोप लगाएका छन् ।

“यो एआरएसएद्वारा लक्षित हत्याहरू हुन् । म्यान्मारको आन्तरिक द्वन्द्वले शिविरको सुरक्षा अवस्थालाई प्रभावित गरिरहेको छ,” संवेदनशील सूचनाबारे नाम नबताउने शर्तमा उनले भने ।

‘याबा मेथाम्फेटामाइन’ चक्कीमा केन्द्रित लागुऔषधको कारोबार नियन्त्रणका लागि गिरोहले लामो समयदेखि युद्ध लड्दै आएको छ, तर बङ्गलादेशको कक्स बजार जिल्लाका प्रहरी प्रमुखले त्यहाँ तनाव बढेको बताएका छन् ।