क्रिकेट

एकदिवसीय सिरिज : नेपाल यूएईविरुद्ध दोस्रो खेल खेल्दै

By खबरहब

November 16, 2022

काठमाडौं- नेपालले आज दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईसँग खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

सोमबार भएको पहिलो एक दिवसीयमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो। पहिलोमा हार खाएसँगै तीन खेलको सिरिजमा नेपाल १-० ले पछि परिसकेको छ। घरेलु मैदानमा भएको सिरिज जित्नका लागि आजको खेलमा नेपाल दबाबमा हुनेछ।

नेपाल र यूएईबीच हुने तीन खेलको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ।