फाइल फोटो

समाचार

निर्वाचन अवधिभर मादक पदार्थ निषेध

By खबरहब

November 16, 2022

खोटाङ – आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न निषेध गरेको छ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले १ मंसिर राती १२ बजेदेखि ५ मंसिर राती १२ बजेसम्मका लागि जिल्लाभर मादक पदार्थको विक्री वितरण तथा सेवनमा रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले मंगलबार सूचना जारी गर्दै निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ), गृह–मन्त्रालय (निर्वाचन सेल)को १२ कात्तिकको पत्र बमोजिम मादक पदार्थ बेचविखन र सेवनमा कडाई गरिएको जानकारी दिएका छन्। स्थानीय प्रशासनको आदेशको वर्खिलाफ भए/गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।