फाइल तस्बिर नेपाल क्रिकेट संघ

क्रिकेट

एकदिवसीय सिरिजमा नेपाल विजयी, युएई ३ विकेटले पराजित

By खबरहब

November 16, 2022

काठमाडौँ– युएईविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो ।

काठमाडौँको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले सर्वाधिक ३७ रन बनाए ।

त्यस्तै, कुशल भुर्तेलले ३५, आरिफ शेखले ३३ र ज्ञानेन्द्र मल्लले २६ रन जोडे । युएईका रोहन मुस्तफाले तीन र हज्रत बिलालले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । युएईका मुहम्मद वसिमले सर्वाधिक ५० रन बनाए ।

अलिशन सराफूले ३५ रन बनाउँदा भृत्य अरविन्दले २५ रन जोडे । नेपालका लागि सोमलाल कामी र ललित राजवंशीले समान ३ विकेट लिए ।

नेपालको जितसँगै ३ खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । अन्तिम एवम् निर्णायक खेल शुक्रबार हुनेछ ।