खेलकुद

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

By खबरहब

November 16, 2022

काठमाडौँ- पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । काठमाडौँस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले गोल गरेका हुन् । गोल गरेपछि जर्सी फुकालेर सेलिब्रेसन गर्दा उनले पहेंलो कार्ड पाएका थिए ।

नेपालका लागि उनको यो ११ औं गोल हो । उनी खेलको म्यान अफ द म्याच समेत बनेका छन् ।

नेपालका नियमित कप्तान किरण चेम्जाङ अनुपस्थिति रहेको कारण खेलको कप्तानी रोहित चन्दले गरेका थिए ।