फाइल तस्वीर

राजनीति

एमालेले स्थानीय विकासको नाममा भ्रमको खेती गर्यो : डा नारायण खड्का

By खबरहब

November 16, 2022

काठमाडौँ- उदयपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्काले नेकपा एमालेले स्थानीय विकासको नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् ।

त्रियुगा नगरपालिका–१० मा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

उनले जनता आवास कार्यक्रममार्फत दलित समुदायलाई घर निर्माण गर्न सहयोग गरेको र गत निर्वाचनमा आफूले गरेको प्रतिबद्धता पूरा गरेको बताए । त्रियुगा नदीमा बाँध बाँध्ने कामको सुरुवात र सगरमाथा विमानस्थल निर्माण भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा वाम गठन्धनका प्रदेशसभा १ (२) का उम्मेदवार हिमाल कार्कीले एमालेले चुनावी अभियानमा विभिन्न स्थानमा पुगेर आफूहरुका पहलमा भएका विकासका काममाथि भ्रम छर्ने काम गरेको आरोप लगाए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुरेश राई, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य बलदेव चौधरीले संविधानको रक्षा गर्ने काम वाम लोकतान्त्रिक शक्तिले गर्ने बताए ।