फाइल तस्वीर

राजनीति

निर्वाचनपछि एमालेको सरकार : केपी ओली

By खबरहब

November 16, 2022

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले लोकतन्त्रलाई संस्थागत गर्न र स्थीर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र आफ्नो नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्दै उनले देश विकासको मिसन र भिजन एमालेसँग मात्र भएको बताए ।

देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग रहेकाले मतदाताहरूले एमालेलाई जिताउने अध्यक्ष ओलीको भनाइ छ । ‘देशको उत्तरी र दक्षिणी दुबै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध स्थापित गरेर देशलाई विकसित मुलुकको रूपमा रुपान्तारण गरिनेछ’ उनले भने ।