राजनीति

चुनावको स्थीर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने

By खबरहब

November 16, 2022

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थीर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थीर समय सुरु हुने भएको हो ।

यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।