राजनीति

एमालेको प्रचार गरेको भन्दै चिकित्सा विज्ञान प्रतिष्ठानकी रजिष्ट्रारलाई आयोगले सोध्यो स्पष्टीकरण

By खबरहब

November 16, 2022

काठमाडौँ- निर्वाचन आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक प्रमिला देवानलाई नेकपा एमालेको चुनावी प्रचार प्रसारमा संलग्न भएको उजुरीका आधारमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।

निर्वाचन आचारसंहिता, २०७३ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत उहाँलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।