तस्वीर- विक न्युज

अन्तर्राष्ट्रिय

बङ्गलादेशको प्रतिव्यक्ति आय बढ्यो

By खबरहब

November 16, 2022

काठमाडौँ- बङ्गलादेशको प्रतिव्यक्ति आय अघिल्लो वर्षको तुलनामा बढेको पाइएको छ ।

आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) मा बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ८२४ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक पछिल्लो आधिकारिक तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०२०/०२१ (जुलाई २०२० देखि जुन २०२१) मा बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ५९१ डलर रहेको थियो ।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सन् २०२१र०२२ मा बङ्गलादेशको कूल गार्हस्थ उत्पादन वृद्धिदर ७.२५ प्रतिशत पुगेको छ ।

बङ्गलादेशको तथ्याङ्क विभागले आर्थिक वर्ष २०२१/०२२ मा देशको कूल गार्हस्थ उत्पादन चार खर्ब ६५ अर्ब डलर पुगेको जनाएको छ ।

बङ्गलादेशमा पछिल्लो समय इन्धन अभाव, उर्जा सङ्कट र विश्वव्यापी खाद्यान्न समस्यालगायतका कारण आर्थिक मन्दी बढेको भन्दै यसलाई सम्बोधन गर्न विभिन्न तहमा बहस चलिरहेको छ ।