आर्थिक

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

December 16, 2022

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ३२ पैसा र बिक्री दर १४० रुपैयाँ ९६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ०१ पैसा र बिक्री दर १६३ रुपैयाँ ७५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०१ पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?