अन्तर्राष्ट्रिय

भारतमा विषालु रक्सीले दुई दिनमा ४३ जनाको मृत्यु

By खबरहब

December 16, 2022

काठमाडौं – भारतमा विषालु रक्सी खाँदा दुई दिनमा ४३ जनाको मृत्यु भएको छ।

भारतको बिहारमा विषालु रक्सी खाँदा दुई दिनमा ४३ जनाको मृत्यु भएको हो। मदिरा निषेधित बिहारको सारण जिल्लामा दुई दिनमा ४३ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।

मसरक सहरभन्दा तीन किलोमिटर वरिपरिको क्षेत्रमा एकै दिन यत्ति ठूलो जोखिम देखिएको हो। मसरक शहर आसपासमा घटना घटेकाले रक्सीको उत्पादन एकै स्थानबाट भएको अनुमान गरिएको छ।

भारतीय सुरक्षा निकायले रक्सी उत्पादन र बिक्री वितरणमा सहभागी भएको आरोपमा १ सय २६ जनालाई पक्राउ गरेको छ।