फाइल फोटो

समाचार

भारतबाट घटेर आयो इन्धनको मूल्य

By खबरहब

December 16, 2022

काठमाडौं– भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीले जानकारी दिए ।

आइओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ ३१ पैसा  र हवाई इन्धनमा १० रूपैयाँ ६१ पैसा घटेर आएको छ ।

यसअघि मूल्य घटेर आउँदा पनि घाटा पूर्ति नभएको भन्दै निगमले मूल्य घटाएको छैन । इन्धनको मूल्य नघटाउँदा निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रूपैयाँ र डिजेलमा करिब १३ रूपैयाँ नाफा छ । 

निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रूपैयाँ रहेको जनाएको छ ।