फाइल फोटो

ब्रेकिङ स्टोरी

आयल निगमले घटायो इन्धनको मूल्य

By खबरहब

December 16, 2022

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।भारतबाट तेलको मूल्य घटेर आएपछि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेलरमटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेलरमटितेल १७८ रुपैयाँ थियो ।हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै छ ।