तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

हिन्द महासागरमा चिनियाँ गतिविधि नियालिरहेका छौं : भारतीय नौसेना प्रमुख

By खबरहब

December 16, 2022

काठमाडौँ- हिन्द महासागरमा चिनियाँ नौसैनिक गतिविधिलाई भारतले नजिकबाट हेरिरहेको भारतीय नौसेनाका प्रमुख आर हरि कुमारले जनाएका छन् ।

हालै आयोजित एक सम्मेलनमा बोल्दै उनले यस क्षेत्रमा ४ देखि ६ वटा चिनियाँ नौसैनिक युद्धपोत तैनाथ हुने गरेको जानकारी दिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हिन्द महासागरमा हुने सबै किसिमका गतिविधिलाई नियालिरहेको भन्दै उनले यस क्षेत्रमा केही चिनियाँ अनुसन्धान जहाजहरु र ठूलो संख्यामा माछा मार्ने जहाज परिचालित रहेको बताए ।

महासागरमा विकसित हुने सबै किसिमका घटनाक्रमलाई भारतीय नौसेनाले नियालिरहेको बताए । हिन्द महासागरमा ठूलो मात्रामा व्यापार हुने र उर्जाको प्रवाह हुने भएकाले यस क्षेत्रमा मुलुकको हितको रक्षा गर्नु आफ्नो कर्तव्य रहेको उनको भनाइ छ ।