फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

राष्ट्रसंघद्वारा गैरन्यायिक हत्याको अनुसन्धान गर्न तालिबानसमक्ष आह्वान

By खबरहब

December 16, 2022

काठमाडौँ- संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानसमक्ष अफगानिस्तानमा भएको भनिएको गैरन्यायिक हत्याको अनुसन्धान गर्न आह्वान गरेको छ ।

अफगानिस्तानका लागि राष्ट्रसंघीय नियोगले तालिबानसमक्ष यस्ता हत्याको ‘विश्वसनीय अनुसन्धान’ गर्न आग्रह गरेको हो ।

यसअघि सार्वजनिक विवरणमा अफगानिस्तानको दैकुन्दी प्रान्तमा सुरक्षा बल र विद्रोहीबीच भएको दोहोरो भिडन्तमा परी केही बालबालिका समेत ८ जना मारिएको बताइएको थियो ।

तालिबान प्रशासनको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकोरले सो क्षेत्रमा यसअघि विद्रोही लडाकु फेला पारिएको र तालिबानले विद्रोहीलाई हतियार बिसाउनका लागि हस्तक्षेप गर्न त्यहाँका नागरिक अगुवालाई आग्रह गरिएको बताए ।

यद्यपि नागरिक अगुवाले हतियार बिसाउन गरेको आग्रह नमानेपछि विद्रोहीविरुद्ध कारवाही गरिएको उनको भनाइ छ ।