समाचार

लमजुङमा एकैदिन १६ जना कोरोना संक्रमित थपिए

By खबरहब

January 17, 2022

लमजुङ – लमजुङमा आइतबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल लमजुङमा गरिएको एन्टिजेन परिक्षणका क्रममा जिल्लाका १२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

एन्टिजेन परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिनेमा १५ जना बेसीशहर नगरपालिका अन्र्तगतका रहेका छन् भने एक जना पुरुष राइनासका रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा हाल ३४ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेशनमा र अन्य संक्रिय संक्रमित होम आइसोलेशनमा रहेको प्रशासनले जनाएको छ ।