आर्थिक

सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

By खबरहब

January 17, 2022

काठमाडौँ – सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज (सोमबार) छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ कायम भएको छ ।