पर्यटन

पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमण

By खबरहब

January 17, 2022

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

निजी सचिवालयले मन्त्रीलाई ज्वरो आएपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको जनाएको हो।

कोरोना भएपछि आज (सोमबार)का लागि निर्धारित कार्यक्रम स्थगित गरिएको बताइएको छ।

आइतबार मात्रै उनले पशुपतिनाथ परिसरको धर्मशाला र नारायणहिटी दरबारको अवलोकन गएका थिए ।

केही दिनयता मन्त्री आले सार्वजनिक कार्यक्रममा सहभागी कार्यक्रममा दौडधुप गरिरहेका थिए।