क्रिकेट

पीएम कप क्रिकेटमा पुलिसको लगातार चौथो जित

By खबरहब

January 17, 2022

काठमाडौँ – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ ।

समूह ‘ए’ विजेताको रुपमा सेमिफाइनल पुगिसकेको पुलिसको यो लगातार चौथो जित हो । ८ अंकसहित पुलिस र ५ अंकसहित त्रिभुवन आर्मी क्लब सेमिफाइनल पुगेका छन् ।

पहिला ब्याटिङ गर्दै प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य पुलिसले १३ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो ।