फोटो फिचर

राम्रो कथाको पर्खाइमा सविना

By कुबेर डंगोल

January 17, 2022

काठमाडौं– उमेरले १५ मा टेक्दै गर्दा ‘मिस एसईई’ नामक सौन्दर्य प्रतियोगिताबाट मोडलिङ करियर सुरु गरेकी सबिना ठकुरी मोडलिङमा स्थापित हुन संघर्षरत छिन् ।

सन् २००३ को जनवरी ४ मा जन्मिएकी उनले यो सौन्दर्य प्रतियोगिता पछि दर्जन बढी फेसन शो र फोटोसुटमा आफ्नो दरिलो उपस्थिति जनाइसकेकी छन् ।

अभिनयमा रुचि राख्ने सविना नेपाली फिल्ममा अभिनय गर्न चाहन्छिन् । ‘राम्रो टिम र कथा आयो भने नेपाली फिल्म उद्योगमा जोडिन तयार छु’, उनी भन्छिन् ।

सोसियल वर्कमा ब्याचलर अध्ययनरत सविना नृत्य, पुस्तक पठन र संगीत सुन्न मन पराउँछिन् ।