सांकेतिक तस्बिर

समाचार

१६५ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

January 17, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १३९ कोरोना संक्रमितको आईसीयूमा र २६ को भेन्टिलेटरमा गरी कुल १६५ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ २३ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ८९ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १३ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा र सुदुरपश्चिममा २ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।