अन्तर्राष्ट्रिय

विश्व इतिहासमा आजः भियतनाममाथि चीनको अतिक्रमणदेखि कोसोभो स्वतन्त्र

By खबरहब

February 17, 2022

आज १७ फेब्रुबरी २०२२। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटना

कोसोभो स्वतन्त्र

सन् २००८ मा कोसोभोले स्वतन्त्र भएको घोषणा गरेको थियो। कोसोभो युद्धपछि सो क्षेत्र साइबेरियाबाट स्वतन्त्र भएको थियो।

कुख्यात अमेरिकी सिरियल किलर जेल चलान

सन् १९९२ मा अमेरिका कुख्यात अपराधी तथा सिरियल किलर जेफ्री दाहमरलाई चेल चलान गरिएको थियो। उनीमाथि सन् १९७८ देखि सन् १९९१ को अवधिमा कम्तिमा १७ जना पुरुषको हत्या गरेको अभियोग लागेको थियो।

भियतनाममाथि चीनको अतिक्रमण

सन् १९७९ मा भियतनामलाई चीनले अतिक्रमण गरेको थियो। भियतनाम युद्धपछि उसले चीनभन्दा पनि सोभियत युनियनसँग सम्बन्ध मजबुत बनाएको थियो। भियतनामले चीनको विरोध र भियतनामको समर्थन गरेपछि चीनले आजकै दिन दक्षिणी भियतनाम अतिक्रमण गरेको थियो।

माइकल जोर्डनको जन्म

आजकै दिन अमेरिकाका प्रसिद्ध बास्कटबल खेलाडी माइकल जोर्डनको जन्म भएको थियो। उनको जन्म सन् १९६३ को १७ फेब्रुबरीमा न्युयोर्कको न्युयोर्क सिटीमा भएको हो।