खेलकुद

लेभान्तेसँग एट्लेटिको पराजित

By खबरहब

February 17, 2022

काठमाडौँ – स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिड रेलिगेशन जोनको लेभान्तेसँग १-० अन्तरले पराजित भएको छ ।

बुधबार राति एट्लेटिले खराब लय कायम राख्दा घरेलु मैदानमै पराजित हुन प‍र्‍यो । भ्रमणकारी टोली लेभान्तेका गोन्जालो मारेलोले खेलको ५४औँ मिनेटमा गरेको गोल निर्णायक बन्दा एट्लेटिकोले सिजनको सातौं हार बेहोरेको हो ।

हारसँगै २४ खेलबाट ३९ अंक जोडेको एट्लेटिको पाचौं स्थानमा छ । २४ खेलबाट १४ अंक बनाएको लेभान्ते पुछारमा छ ।