प्रतिकात्मक तस्वीर

क्रिकेट

एलपीएल क्रिकेटः होलिल्याण्डको पहिलो जित

By खबरहब

February 17, 2022

कैलाली–धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालयस्तरीय अन्डर–१९ क्रिकेटअन्तर्गत चौँथो दिनको पहिलो खेलमा होलिल्याण्ड इंलिस स्कुल अत्तरिया विजयी भएको छ ।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले शारदा सरस्वती स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित ग¥यो । शारदा सरस्वतीले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षतिमा १६.२ ओभरमा भेटायो ।

होलिल्याण्डका लागि अभिषेक पालले सर्वाधिक २२ रन तथा संजय बोहराले अविजित १० रन बनाए । शारदा सरस्वतीका बलर हेमन्त धामी, गणेश बिटालु र विकास सुनारले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको शारदा सरस्वतीले १८.३ ओभरमा ७४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । उसको लागि विकास सुनारले सर्वाधिक ११ रन तथा निरज तेज चन्द र मिलन बोहराले समान १० रन बनाए ।

होलिल्याण्डका बलर सन्जय बोहराले सर्वाधिक तीन विकेट तथा अविनारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले समान दुई विकेट लिए । खेलको प्लेयर अफ द म्याच सन्जय बोहरा चुनिए ।