अपराध

ठूलो परिमाणको गाँजासहित ३ जना पक्राउ

By खबरहब

February 17, 2022

उदयपुर– उदयपुर प्रहरीले बेलका नगरपालिका ८ सिरुवानीबाट ठूलो परिमाणको गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलका नगरपालिका ८ का २७ वर्षीय गोकुल राई, वडा नं ७ का २९ वर्षीय मनोज राई र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १ का २३ वर्षीय मनिष धामी छन ।

बरामद गाँजाको तौल ४ सय केजी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए । को १ ज २७६१ नम्बरको पिकअपमा निलो त्रिपालले छोपेर १६ बोरा गाँजा लिएर हिडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको हो ।

प्रतिबन्धित गाँजा ओसारपसारमा संग्लन पिकअप चालक गोकुल राई स्वयम सवारी धनी रहेको बोहोराले बताए ।

प्रक्राउ परेका उनीहरुको साथबाट नगद ६३ हजार २५ रुपैयाका साथै सामसुङ्ग कम्पनीको १ थान, रेडमी कम्पनीको २ थान र नोकिया कम्पनीको १ थान गरी ४ थान मोवाइल बरामद गरेको छ । गाडीसहित फेला परेका तीनै जनाविरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।