देश/प्रदेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यावसायिक उडान गरिने (भिडियोसहित)

By खबरहब

February 17, 2022

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यावसायिक उडान सुरु गर्ने तयारी गरेको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुने र त्यसपछि व्यवसायीक उडानको तयारी हुने बताए । भिडियो हेर्नुहोस्

अन्तराष्ट्रिय व्यवसायीक उडानका लागि आवश्यक प्याकेज ल्याउने पनि उनले जानकारी दिए ।

अहिले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलले केही वर्षमा यात्रुको संख्या धान्न नसक्ने भएकाले यसको बिकल्प भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुने उनले बताए ।

महानिर्देशक अधिकारीले बिमानस्थल सञ्चालनसँगै काठमाडौँमा हुने डाइभर्ट उडानलाई पनि सहज हुने धारणा राखे ।

उनले अर्को टर्मिलन भवन निर्माणका लागि छिटै बोलपत्र आह्वान गरिने र आगामी असोजबाट सुरु हुने जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार नै थाइल्याण्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ । उक्त बिमानस्थल सन २०१४ मा निर्माण सुरु भएको थियो ।