सांकेतिक तस्बिर

१७७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

February 17, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १५१ कोरोना संक्रमितको आईसीयूमा र २६ को भेन्टिलेटरमा गरी कुल १७७ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ९ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेस प्रदेश मा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ११६ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ५ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ८ जना आईसीयूमा उपचाररत छन् । सुदुरपश्चिममा ९ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।