समाचार

काठमाडौँमा ४३ ट्याक्सी चालकमाथि कारबाही

By खबरहब

February 17, 2022

काठमाडौँ– काठमाडौँ उपत्यकामा नियमविपरीत ट्याक्सी गुडाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहीबार नियम उल्लंघन गर्ने ४३ ट्याक्सी चालक कारबाहीमा परेको प्रहरीले जनाएको छ ।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने चालकहरू कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।