राजनीति

हिन्दूराष्ट्रलगायतका विषय ओझेलमा पार्ने काम भयोः कमल थापा

By खबरहब

February 17, 2022

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्रलगायतका मुद्दा ओझेलमा पार्ने काम भएकाले राप्रपा नेपाललाई ब्युँताउनु परेको बताएका छन् ।

बिहीबार काठमाडौँमा भएको भातृ संगठनहरूको संयुक्त बैठकमा अध्यक्ष थापाले हिन्दूराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई ओझेल पार्ने काम भएकाले राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका हुन् ।

पछिल्लो समयमा अन्य विषयलाई ओझेलमा पारी राजसंस्था पुनस्र्थापनाको मुद्दालाई मात्र अगाडि सार्ने काम भएको भन्दै उनले असन्तुष्टि पनि जनाएका थिए ।

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने पनि उनले बताए ।

राप्रपा नेपालले फागुन ७ गते पार्टीको औपचारिक घोषणासभासमेत राखेको छ ।