मुख्य समाचार

गठबन्धनको ‘निर्णायक’ बैठक निष्कर्षविहीन

By खबरहब

February 17, 2022

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा एमसीसीलगायत विषयमा छलफल भए पनि बैठक बिनानिष्कर्ष सकिएको हो ।

‘निर्णायक’ बैठक भनिएको सत्तागठबन्धनको बैठक अब भोलि फेरि बस्नेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू सहभागी थिए ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालको सहभागिता थियो । जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए ।

आजको बैठकमा सत्ता घटक राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भएन ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जसपा अध्यक्ष उपेन्द्र यादव उपत्यका बाहिर भएकाले बैठकमा अनुपस्थित भएका थिए । यसअघि, प्रचण्डले माधवकुमार नेपालसँगको भेटमा गठबन्धन रहने/नरहने विषयमा आज छिनोफानो हुने पनि बताएका थिए ।