राजनीति

सत्ता गठबन्धनको बैठक भोलि बिहान फेरि

By खबरहब

February 17, 2022

काठमाडौँ– सत्ता गठबन्धनको बैठक कुनै ठोस निष्कर्श बिनै सकिएको छ ।

एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो ।

कुनै निष्कर्शमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुन: बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।