मुख्य समाचार

देवी–देवताका ६ थान मूर्ति पुरातत्व विभागमा बुझाइयो

By खबरहब

February 17, 2022

काठमाडौँ– हराएर तथा चोरी भएर फेला परेका ६ थान मूर्ति पुरातत्व विभागलाई बुझाइएको छ ।

बिहीबार प्रहरीले कृष्णको जस्तो देखिने मूर्ति १ थान, सरस्वतीको जस्तो देखिने मूर्ति १ थान, नारायणको जस्तो देखिने मूर्ति १ थान, बुद्धको मूर्ति २ थान र देवीको मूर्ति १ थान पुरातत्व विभागमा बुझाएको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले विभागकी अधिकृत सविता न्यौपानेलाई मूर्तिहरू संरक्षणका लागि हस्तान्तरण गरेका छन् ।

यसअघि, माघ ७ गते पनि महानगरी प्रहरी वृत्त जनसेवाले छाउनीस्थित श्री राष्ट्रिय संग्रहालयलाई १४ थान मूर्ति तथा गजुर हस्तान्तरण गरेको थियो ।

प्रहरी परिसर काठमाडौँ र मातहतका प्रहरी वृत्त, प्रभागहरूमा अनुसन्धान र सुरक्षा प्रयोजनार्थ मूर्तिहरू राखिँदै गरेकोमा अनुसन्धान कार्य समाप्त हुन आएका मूर्तिहरू संरक्षणका लागि छाउनीस्थित श्री राष्ट्रिय संग्रहालय र पुरातत्व विभागलाई बुझाउने गरिएको छ ।