अपराध

बलात्कार घटनाका आरोपित एमाले नेता बानियाँ धरौटीमा रिहा

By खबरहब

March 17, 2022

काठमाडौँ– बलात्कारको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका निलम्बित सांसद् मोहन बानियाँ धरौटीमा रिहा भएका छन् ।

नेकपा एमालेका नेतासमेत रहेका बानियाँलाई बाँके जिल्ला अदालतले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जुम्लाकी एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई फागुन १६ गते नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको थियो ।

पीडित महिलाले माघ २७ गते बानियाँविरुद्ध बाँके प्रहरीमा उजुरी दिएकी थिइन् ।