आर्थिक

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

March 17, 2022

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३३ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।