फाइल फोटो

अन्तर्राष्ट्रिय

सबै अमेरिकी कम्पनीहरूले रुसी बजार छोड्नुपर्छ : जेलेन्स्की

By खबरहब

March 17, 2022

काठमाडौँ – किभ–युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहयोगप्रति आफू आभारी रहेको बताएका छन् ।

रुसी हमलाको सशक्त प्रतिकार गरेको युक्रेनलाई अमेरिकाले आर्थिक सहयोगको बचन दिँदै आएको छ । सहयोग र सहायताको प्रावधानमा अमेरिकी राष्ट्रपति जो बाइडेनको ‘व्यक्तिगत संलग्नता’ प्रति राष्ट्रपति जेलेन्स्की ऋणी भएको बताए ।

‘रूसी सैन्य मेसिन नरोकिने बेलासम्म’ अझै बढी गर्न र थप प्रतिबन्धहरू जारी गर्न उनले अमेरिकी संसदलाई आह्वान गरे । रुसी संघका सबै राजनीतिज्ञलाई प्रतिबन्ध लगाउन उनले अमेरिकालाई सुझाव दिएका छन् । ‘सबै अमेरिकी कम्पनीहरूले तुरुन्तै रुसी बजार छोड्नुपर्छ किनभने यो हाम्रो रगतले भरिएको छ,’ उनले थपे ।