प्रतिकात्मक तस्वीर ।

समाचार

गैँडाको आक्रमणबाट बच्न पोखरीमा हाम फालेका सेनाका जवानको मृत्यु

By खबरहब

March 17, 2022

चितवन – दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ ।

गैँडाको आक्रमणबाट बच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो ।

निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए। घटना बुधबार साँझ ७ : ४५ बजेको हो ।