फाइल फोटो

समाचार

होलीमा मौसम सफा

By खबरहब

March 17, 2022

काठमाडौँ – आज फागु पूर्णिमा अर्थात् होली पर्व ! आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्र र भोलि शुक्रबार तराईमा होली पर्व मनाइन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष होलीमा मौसम सामान्य रहेको छ । बुधबार साँझ स्थानीय वायूका कारण उपत्यका वर्षा भए पनि आज भने मौसम सफा नै रहने आँकलन गरिएको छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । शुक्रबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।