फाइल फोटो

खेलकुद

यु-१८ महिला साफ : नेपाल आज बंगलादेशको सामना गर्दै

By खबरहब

March 17, 2022

काठमाडौँ – नेपालले जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा बंगलादेशको सामना गर्दैछ।

जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । बंगलादेश तुलनात्मक रुपमा नेपाल भन्दा बलियो रहेको छ। यद्यपि प्रीती राईको कप्तानीमा रहेको नेपाल पहिलो जितको खोजिमा छ ।

यता, बंगलादेश समेत पहिलो खेलमै जित निकाल्न चाहन्छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

पहिलो खेलमा नेपाल आयोजक भारतसंग ७-० अन्तरले पराजित भएको थियो ।

प्रतियोगिताको शीर्ष टोलीले उपाधि हात पार्नेछ ।