सांकेतिक तस्बिर

समाचार

गाडीको ठक्करबाट दुई जनाको मृत्यु, दुई प्रहरी घाइते

By खबरहब

March 17, 2022

काठमाडौँ – रौतहटको वृन्दावन नगरपालिका–६ हर्षाहमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको महेन्द्रा पिकअपको ठक्करबाट बृन्दाबनका ३७ वर्षीय जीतेन्द्र पटेल र २७ वर्षीय हरिकुमार ठाकुरको मृत्यु भएको हो ।

साथै गाडीको ठक्करबाट प्रहरी चौकी हर्षाहमा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्र प्रसाद यादव र प्रहरी जवान मुर्तुजा अन्सारी घाइते भएका छन्।

प्रहरी चेकिङमा गाडी अनियन्त्रित हुँदा मोटरसाइकलमा पनि ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ। सो गाडी र चालक प्रहरी नियन्त्रणमा छन्।