मनोरञ्जन

मनिष ‘शमशेर’को भूमिकामा देखिने  

By खबरहब

March 17, 2022

नेपाली फिल्म ’प्रेम गीत ३’ मार्फत अभिनयमा डेब्यु गर्ने तयारीमा रहेका अभिनेता मनिष राउतले ‘शमशेर’को भूमिकामा अभिनय गर्ने भएका छन् ।

निर्माण पक्षले फस्टलुक्स पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण हुने घोषणा गरेको छ । एभरेष्ट फिल्म एकेडमी र डिआर डेनिमको निर्माणमा बन्ने फिल्ममा मनिषले शीर्ष भूमिका निर्वाह गर्नेछन् । पहिलो फिल्मलाई दर्शकको प्रतिक्रिया नपाउँदै उनी अर्को फिल्ममा भित्रिएका हुन् ।

यो फिल्ममा मनिषको एक्सन दर्शकले हेर्न पाउने निर्माण पक्षले बताएको छ । फिल्ममा मनिषसँगै सुमन थापा, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय रहनेछ ।

काठमाडौँ, सोलुखुम्बु र ढोरपाटनसँगै दुवईमा छायांकन हुने फिल्ममा अर्जुन पोखरेलको संगीत छ । गौरीशंखर र विकाश सिटौलाले छायांङ्कन गर्ने फिल्म सिबर्ड्स इन्टरटेनमेन्टले निर्माण गर्नेछ।