फोटो फिचर

काठमाडौँको बसन्तपुरमा होलीको रौनक, देखिएन कोरोना त्रास (फोटो फिचर)

By खबरहब

March 17, 2022

काठमाडौँ- फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात होली पर्व काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) हर्षोल्लासका साथ एकापसमा रङ खेलेर मनाइँदै छ।

आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षाेल्लहासका साथ मनाइने गरिन्छ ।

रङहरुको पर्व होली विशेष गरेर आज नेपालको पहाडी क्षेत्रमा मनाइएको छ भने भोलि तराईमा मनाइने छ।

काठमाडौँको वसन्तपुर क्षेत्रमा होली खेल्ने युवा युवतीहरुको भीड लागेको छ। यसअघिका दुई वर्ष भने कोरोना महामारीका कारण होलीको उत्साह देखिएको थिएन ।

होलीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।