राजनीति

तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन : अध्यक्ष प्रचण्ड

By खबरहब

March 17, 2022

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसग निर्वाचनमा सहकार्य नहुने स्पष्ट पारेका छन् ।

प्रेस सेन्टर लुम्बिनीले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धन निर्वाचन पछि सम्म नै कायम रहने बताउंदै एमालेसगँ गठबन्धनको सम्भावना तत्काल नरहेको स्पष्ट परेका हुन्।

प्रचण्डले नेपाली काँग्रेसका केही नेताहरूले कुनै हालतमा तालमेल गरिँदैन बोल्न थालेको भन्दै नेपाली काँग्रेसको पनि भर पर्न नहुने समेत तर्क गरे। पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने जिकिर गर्दै नेता कार्यकर्ताहरुलाई आफ्नै एजेण्डा बोकेर निर्वाचनको तयारीमा लाग्न आग्रह गरे।

उनले एमसीसीका कारण गठबनधनमा केही विचलन देखिएजस्तो देखिए पनि व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन थप बलियो बनेको दाबी गरे।