तस्वीर : मिस वर्ल्ड

मनोरञ्जन

क्यारोलिना बनिन् विश्व सुन्दरी

By खबरहब

March 17, 2022

काठमाडौँ- यस वर्षको विश्व सुन्दरी प्रतियोगितामा पोल्याण्डकी क्यारोलिना बेइलावस्काले उपाधि जितेकी छन् ।

अमेरिकी टापु राज्य पुएर्तोरिकोमा बिहिबार बिहान मात्र सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा क्यारोलिना विजेता घोषित भएकी हुन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिराइन् ।

मिस वर्ल्डको मुख्य विधा मानिने ब्युटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ । पीएचडी गर्ने तयारीमा रहेकी क्यारोलिना मोडल समेत हुन् ।

क्यारोलिन टाइटल विजेता बनेसँगै अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भएका छन् ।

कोरोना भाइरस महामारीको कारण यस पटकको फिनालेमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनोट हुन सकिनन् ।