सांकेतिक तस्वीर

सिमेन्ट उद्योगमा युवकको मृत्यु

By खबरहब

March 17, 2022

हेटौँडा- हेटौँडा उपमहानगरपालिका हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ ।

उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार मेसिनको फित्तामा च्यापिएर घाइते भएका अख्तरलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा अस्पतालले उनलाई बिहान मृत घोषणा गरेको हो ।

प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएको छ । शव परीक्षणका लागि अहिले उक्त अस्पतालको शव गृहमा राखिएको छ ।