फाइल तस्बिर

राजनीति

माओवादी केन्द्रको चितवन इन्चार्जको जिम्मेवारी रेणु दाहाललाई

By खबरहब

March 17, 2022

काठमाडौँ- सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाललाई दिइएको छ।

माओवादी केन्द्रको बिहीबार बसेको बागमती प्रदेश समितिले चितवनको इन्चार्ज र संयोजकको जिम्मेवारी दिएको हो। माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनपछि जिल्लाको इन्चार्ज नियुक्त गरेको थिएन ।

माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य रहेकी दाहाल भरतपुर नगरपालिकाको मेयर समेत हुन्।