समाचार

थप २७ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

By खबरहब

March 17, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने २२० जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ४ हजार ३७६ जना सक्रिय संक्रमित रहेका छन्।