फाइल फोटो

राजनीति

नेकपा एकीकृत समाजवादीको अस्तित्व नै समाप्त पार्छौँः महासचिव पोखरेल

By खबरहब

March 17, 2022

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोरखेलले नेकपा एकीकृत समाजवादीको अस्तित्व नै समाप्त पार्ने दाबी गरेका छन् ।

अखिल नेपाल महिला संघले आज काठमाडौँमा गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा  महासचिव पोखरेलले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई आफूहरूले मान्यता

नदिएको भन्दै भविष्यमा अस्तित्वमा नै नरहने गरी चुनावमा हराउने दाबी गरेका हुन् । उनले चुनावमा हरेपछि यो पार्टी एमालेमा समाहित हुनेसमेत दाबी गरे ।

महासचिव पोखरेलले साना पार्टीहरूलाई चुनावमा परास्त गरेर तिनका कार्यकर्ताहरूलाई आफ्नो दलमा भित्र्याउनेसमेत बताए ।

एमालेलाई नेपालको वामपन्थी आन्दोलनको एक मात्र शक्ति बनाउने पनि उनको दाबी छ ।